कलङ्की चोकको आन्तरिक राजस्व कार्यालय कालीमाटी सारियो

काठमाडौँ । काठमाडौँको कलङ्की चोकमा रहेको आन्तरिक राजस्व कार्यालय अब कालीमाटीमा सरेको छ । यससँगै सो कार्यालयबाट सेवा लिइरहेका करदाताले कालीमाटीस्थित ट्रेड टावर प्रालिको तेस्रो तलामा अवस्थित कार्यालयबाट सेवा लिन पाउने भएका छन् । आन्तरिक राजस्व विभागका अनुसार यो कार्यालयले काठमाडौँ महानगरपालिका वडा नम्बर १३ र १४, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकालाई हेर्ने गरेको छ […]