पत्रकारलाई ज्यान मार्ने धम्की दिने मेयरलाई कारबाहीको माग गर्दै सिडीओलाई ज्ञापनपत्र

जनकपुरधाम – नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारलाई ज्यान मार्ने धम्की दिने मेयरलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै धनुषाको विदेह नगरपालिकाका मेयरलाई कारबाहीको माग गरेकी हुन्। विदेह नगरपालिकाका मेयर बेचन दासले सञ्चारकर्मी शैलेन्द्र महतो ‘क्रान्ति’लाई […]

सम्बन्धित सामग्री

वडा सदस्य शाहलाई कारबाहीको माग गर्दै गेरुवा गाउँपालिकाका कर्मचारीहरुले रोके काम

२५ असार, काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले वडा सदस्य वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कामकाज बन्द गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ का सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका हुन् । कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएअनुसार असार २४ गते राति १२ बजेबाट आर्थिक […]

एमाले नेता राईलाई कारबाहीको माग गर्दै पाख्रीवासका कर्मचारीद्वारा ‘पेन डाउन’

धनकुटा। नेकपा एमालेका नेता राजेन्द्र कुमार राईलाई कारबाहीको माग गर्दै धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन्। एमाले नेता तथा निवर्तमान सांसद राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन्।

पथरी शनिश्चरेका वडाध्यक्षलाई ज्यान मार्ने धम्की, काँग्रेसको आपत्ति

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडाध्यक्ष सागर राईलाई ज्यान मार्ने धम्की दिने वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएको छ । नेपाली काङ्ग्रेसले १० गते बिहीबार प्रेस विज्ञप्ति मार्फत नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सागर राईको सुरक्षाको माग गरेको छ ।