हिंसात्मक झडपपछि राष्ट्रपति राजापाक्षेद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

श्रीलङ्कामा प्रदर्शन सुरु भएयता राष्ट्रपति गोटाबाया राजापाक्षेले पहिलो पटक देशका नाममा सम्बोधन गरेका छन् । उनले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । यी झडपमा ३ सय जना घाइते भएका छन् ।राष्ट्रपति राजापाक्षेले एक साताभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । यो मन्त्रिपरिषद्मा उनका भाइ महिन्दा राजापाक्षेको स्थानमा कसैलाई स्थान दिइनेछ । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिन बाध्य भएका थिए ।यसअघि केन्द्रीय बैंकले आगा

सम्बन्धित सामग्री

इजरायलबाट फर्केलगत्तै बाइडेनले गरे राष्ट्रका नाममा सम्बाेधन, के–के भने ?

इजरायलबाट फर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो । आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ ।...

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  श्रीलंकाली राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी मुलुकमा जारी चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हिंसात्मक सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । गत महिना सरकारविरोधी प्रदर्शन शुरु भएयता पहिलोपटक बुधबार अबेर राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति राजपाक्षेले मुलुकको राष्ट्रपतीय […]

रुसी आक्रमणले युरोपभरि नै तरंग

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा रुसी आक्रमण युरोपेली इतिहासमा एउटा ‘टर्निङ प्वाइन्ट’ भएको बताएका छन्। राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले फ्रान्स युक्रेनको पक्षमा उभिने बताएका छन्। म्याक्रोनले भनेका छन्-  रुसको यस कार्यले महादेशका लागि “टिकाउ र गहिरो’’ परिणामहरू हुनेछन्। रोयटर्स समाचार एजेन्सीका अनुसार लिथुआनियाका राष्ट्रपतिले संकटकालको घोषणा गरेका छन्। राष्ट्रपति गितानास नौसेदाले भनेका छन्- […]

रुसले पूर्वी युक्रेनमा सेना पठाउने, राष्ट्रसंघले बोलाएको आकस्मिक बैठक

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गरेका थिए । यसपछि उनले धेरै महत्वपूर्ण  कागजातमा हस्ताक्षर गरे ।   राष्ट्रपतिको आदेश अनुसार रुसी सेनाले लुहान्स्क र डोनेट्स्कमा शान्ति कायम राख्न काम गर्नेछन्। राष्ट्रपति पुटिनले युक्रेनका दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई मान्यता दिएका छन् ।   उनीहरु रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा छन् […]

राष्ट्रपति बाइडेनद्वारा ९/११ को आक्रमणमा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् । आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन […]

सेना फिर्ताको निर्णयमा राष्ट्रपति बाइडेनको बचाउ

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति पूर्णरुपमा अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै अझै त्यहाँ बसिरहनुको अर्थ नभएको जिकिर गरे। ‘म यो युद्ध सधैंका लागि विस्तार होस् भन्ने चाहन्न थिएँ, बाइडेनले भने, ‘अब अफगानिस्तानमा युद्ध सकियो।’ अचानक अमेरिकी फौज फिर्ता गरेपछि देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट बाइडेनले चर्को आलोचना खेप्नुपरेको छ। अमे