प्रचण्डपछि को बन्ला प्रधानमन्त्री ? ओली कि देउवा ?

काठमाडौं। सत्तागठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ। अर्थात् प्रचण्डले साढे दुईवर्ष सरकार चलाएपछि ओली बाँकी साढे दुईवर्षका लागि प्रधानमन्त्री बन्नेछन्। सामान्य रुपमा हेर्दा यो सहमति सहजै देखिएपनि कार्यान्वयनमा जान भने केही जटिलता देखिएका छन्। व्यवहारिक रुपमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपनि ओली सहजै प्रधानमन्त्री बन्न भने गाह्रो देखिन्छ ।