नेपाली काँग्रेसका नेता सुरत रावत डोटेली कान्छाले मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ 'क' बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।'राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउ