कोरोना संक्रमणदर २० प्रतिशतमा झर्‍यो

नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्लो दुई सातायता लगातार ओरालो लागिरहेको संक्रमण दर शनिबार २०.१ प्रतिशतमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार पाँच सय १३ जनामा...

सम्बन्धित सामग्री

काभ्रेमा कोरोना संक्रमितको मृत्युदर शून्यमा झर्‍यो

असार १८, काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करीब तीन महीनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० संक्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करीब आठ हजारमा कोरोना संक्रमण देखिएको एक तथ्यांकले देखाएको छ । विगत चार दिनदेखि जिल्लामा कोरोना संक्रमणबाट मृत्युको घटना भएको छैन । असार महीना लागेपछि नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भएका छन् । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण घट्दै जानु र संक्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको संख्या शून्यतामा झरेको बताइन्छ ।  दैनिक संक्रमणको संख्या पनि ४० को हाराहारीमा छ भने संक्रमणमुक्त हुनेको संख्या करीब १०० हुने गरेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को दैनिक तथ्यांकमा उल्लेख छ । गत वर्ष भने कोरोना संक्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना संक्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ । केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।  यसमध्ये तीन हजार गत वर्षका संक्रमित हुन् भने करीब आठ हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् । गत वर्षभन्दा बितेका तीन महीनामा अढाई बढी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत संक्रमित वृद्धि भएका हुन् । तथ्यांकअनुसार हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ संक्रमणमुक्त भइसकेका छन् । पहिलोपटक विसं २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो ।  कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले बताएको छ । ‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवम् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नुपरेको थियो । पछिल्ला केही दिनदेखि संक्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रेपलाञ्चोक प्रशासनको जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ । रासस