काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार […]
एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ। शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । मौसम […]
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पछिल्ला दिनमा शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा र धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ । आइतबार जारी विज्ञप्तिमा संघले शिक्षा क्षेत्रको आवरणमा हुने ठगी, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकमाथि हुने दुरुपयोग अस्वीकार्य रहेको स्पष्ट पारेको छ । यस्ता गतिविधिमा संलग्नमाथि निष्पक्ष र कडा कारबाही […]
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताएका छन् । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताए। ‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो […]
३ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा नेपालले शनिबार आफ्नो पहिलो जित निकाल्न सफल भयो ।
शनिबार नेपालले अमेरिकामाथि एकपक्षीय जित निकाल्दा यसअघिको कमजोरी नै सबैभन्दा …