खोटाङ प्रदेश (क)मा एमालेका पाँचकर्ण राई विजयी

खोटाङ – खोटाङ प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई विजयी हुनुभएकाे छ । यसअघि संविधानसभा सदस्य बनिसक्नुभएका उहाँ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईलाई १ हजार १९२ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएकाे हाे । पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाउनुभयाे । गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले बागी उम्मेदवारी दिएको प्रत्यक्ष फाइदा एमालेका राईलाई भयाे । पोखरेलले ३ हजार १४५ मत ल्याउनुभएकाे छ ।

सम्बन्धित सामग्री

खोटाङमा पीके विजयी

खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पीके’ विजयी भएका छन् ।

खोटाङ प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई विजयी

खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै...

खोटाङ प्रदेशसभा १ मा एमालेका पाँचकर्ण र २ मा कांग्रेसका भूपेन्द्र विजयी

खोटाङ (१) मा नेकपा एमालेका पाँचकर्ण राई र खोटाङ (२) मा नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी भएका छन् ।

खोटाङमा विशाल भट्टराईले पाए एमालेबाट टिकट

नेकपा एमालेले खोटाङमा विशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।  यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण रा