चुनावी घोषणापत्रमा बालअधिकारका विषय समेट्न एमालेलाई सुझाव

बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषय बारे समेट्न एमालेलाई सुझाव दिएको छ । एमाले केन्द्रीय कार्यालय, थापाथलीमा मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो । सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बा

सम्बन्धित सामग्री

‘तपाईंका कार्ययोजना हाम्रा चुनावी घोषणापत्र जस्ता नहुन्’

१८ साउन, काठमाडौं । विभिन्न देश र नियोगका लागि राजदूतमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ । बुधबार र बिहीबार भएको सुनुवाइका क्रममा सांसदहरूले मुख्यतः सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्न सुझाव दिए । कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको १० पृष्ठ लामो कार्ययोजना सुनेपछि राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता […]

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै, ओलीसँग 'लाइभ डिबेट' हुने

नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एमालेले मंगलबार दिउँसो होटेल याक एण्ड यतिको रिगल बल रुमबाट घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुने एमालेले जनाएको छ । एमालेले यो ऐतिहासिक क्षण हुने समेत बताएको छ । यद्यपि यो कस्तो खालको लाइभ डिबेट हो र को सँग डिबेट हुने भन्ने प्रष्ट छैन  ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ बहसको लागि आउँन चुनौती दिएका थिए । विदेशमा निर्वाचन अगाडी 'लाईभ डिबेट' को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई 'लाईभ डिबेट'मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका थिए।अध्यक्ष ओलीले  एजेण्डामा आधारित बहसका लागि आफु तयार रहेको बताउदै देउवालाई बहसमा आउँन चुनौती दिएका थिए । ओलीले देउवा यसको लागि तयार हो कि होइन भन्दै प्रश्न समेत गरेका थिए। अध्यक्ष ओलीले भनेका थिए' सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?'आगामी मङ्सिर ४ गते निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ ।

घोषणापत्र तयार गर्दै दलहरू

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस क

चुनावी घोषणापत्र बनाउन माओवादीले विज्ञहरूसँग सुझाव लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि घोषणापत्रमा समेट्नुपर्ने विषयमा विज्ञहरूसँग सुझाव लिने भएको छ । शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको प्रतिबद्धतापत्र मस्यौदा समितिको बैठकले कार्ययोजना तयार पारेको हो । माओवादीले घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा मस्यौदा समिति बनाएको छ । हिजोको बैठकले असोज ६-८ सम्म विभिन्न विषयविज्ञसँग सुझाव संकलन गर्नेगरी […]

पुनर्जागरण पार्टीको चुनावी घोषणापत्र लेख्ने जिम्मा महामन्त्री किरणलाई

काठमाडौं । आसन्न मंसिर ४ को चुनावका लागि पुनर्जागरण पार्टी, नेपालले महामन्त्री रविकिरण हमाल घोषणापत्र लेखनको जिम्मेवारी दिएको छ । घोषणापत्रको तयारीस्वरूप उनले दिनहुँ विषय विज्ञ, युवा र सर्वसाधारणसँग सुझाव लिइरहेका छन् । पुनर्जागरण पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ । कूटनीति, कर्मचारी प्रशासन, न्यायलय, सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थनीतिमा […]

कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

काठमाण्डाै - मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् । केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्। एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन ...