लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बाेलाइएकाे छ । मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार