सत्तारुढ दलको भातृ संगठनको परराष्ट्रमन्त्रीसँग माग, 'सिमानामा काँडेतार लगाऔँ, सुरक्षा फौज खटाऔँ'

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियु र युवा संघले भारतले निर्माण गरेको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक विस्तार तत्काल रोक्न माग गरेको छ। अनेरास्ववियू र युवा संघले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै सडक निर्माण रोक्न र मिचिएको भूमि फिर्ताको पहल गर्न माग गरेको