लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी बौद्ध दर्शनका लागि विश्वग्रामको रुपमा स्थापित भइरहेको बताउनुभएको छ । वैशाख पूर्णिमा तथा २५६५ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजापाठ पश्चात् मुख्यमन्त्री पोखरेलले बुद्धदर्शन, सस्कृति र जीवनपद्धतीको रुपमा विकास भइरहेको पनि बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘बुद्धिज्म् ज्ञानका दृष्टिकोणले दर्शनको रुपमा संस्कृतिको रुपमा र जीवन पद्धतिका रुपमा पनि …