सर्वोच्चको फैसला आएको भोलिपल्ट एमालेको बैठक, विपक्षमा लागेकालाई त्यसअघि नै सच्चिने मौका

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका सांसदलाई सर्वोच्चको फैसला आउनुअघि नै सच्चिनको लागि निर्देशन दिएको छ । सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेले चेतावनी दिएको छ ।  शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकालाई सर्वोच्चको फैसलाअघि सच्चिन मौका दिइने बताएका एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।  ‘एमालेको चौधौं बैठक प्र...