काठमाडौं । रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीको भेलामा सहभागी भएबापत पार्टीबाट स्पष्टीकरण सोधिएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता डा. प्रणयशमशेर राणाले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पार्टीबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी रहेका राणाको नाम क्षेत्रीय कार्य समितिको सिफारिसभित्र नअटेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । […]