गुल्मीमा करिब २८ हजार विद्यार्थीलाई कोरोनाविरुद्ध मोडर्ना  खोप

गुल्मी :  गुल्मीमा २७ हजार ८ सय ३४ विद्यार्थीलाई कोरोनाविरुद्ध मोडर्ना खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।१२ वर्षदेखि १७ वर्ष उमेर समूहका २७ हजार ८ सय ३४ विद्यार्थीलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।कुल ३० हजार मात्रा खोप जिल्लामा उपलब्ध भएकोमा २७ हजार ८ सय ३४ मात्रा खोप लगाइएको आचार्यले बताए।जिल्लाका ९३ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्य संस्थादेखि दूरीको हिसाबले टाढा भएका विद्यालयमै गई खोप लगाइएको उनको