५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

माघ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०५ दशमलव ५५ अंकले बढेको  छ ।  नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर लिमिटेड,नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  ती पाँच ओटा कम्पनीमध्ये बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ४७२ ,लिवर्टी इनर्जीको रू. ३९८ दशमलव २०,शिवश्री हाइड्रोपावरको रू. ३७९ दशलमव ५०,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ३७५ दशलमव १० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ५६० दशमलव ४० पुगेको छ ।  बजार बढेसँगै ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयरमूल्य बढेसँगै आइतवार ती कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  गत साताको कारोबार दिनमा भएको करेक्सनपछि यो दिन बजार पुन : लयमा फर्किएको छ । यो दिन ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । स्थानीय निकायको निर्वाचन जेठभित्रै सम्पन्न गर्न तीन दलीय राजनीतिक गठबन्धनका नेताहरु सहमत भएको भोलिपल्ट त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको जस्तो देखिएको छ ।