हिउँदे अधिवेशन नयाँ भवनबाटै शुरु गर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्काे हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी काम अघि बढाउन निर्देशन दिनुभएको छ । सोमवार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्ने गरी निर्माण गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै त्यही अनुरूप कामको गति बढाउनुपर्ने बताउनुभयो । प्रचण्डले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको उल्लेख...