काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा छहजार ८०७ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै हालसम्म दुईलाख २० हजार ७२२ जना संक्रमित निको भइसकेका छन् भने दुई लाख १९ हजार ५०३ जनामा संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमणका कारण हालसम्म काठमाडौंमा १९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन्।