चलचित्र विकास बोर्डको अध्यक्ष बन्न शक्तिकेन्द्र धाउँदै आकांक्षी, भुवन केसी पनि लबिङमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन मागेसँगै आकांक्षीहरुको दौडधुप बढेको छ । एक दर्जन फिल्मकर्मी अध्यक्ष बन्ने लबिङमा सक्रिय भएका छन् । अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, नरेश पौडेल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, अरुण प्रधानसहितका केही फिल्मकर्मी यतिबेला अध्यक्ष बन्ने दौडधुपमा लागेका छन् । आकांक्षीहरुले […]

सम्बन्धित सामग्री

‘चलचित्र विकास बोर्ड छ र?’

काठमाडौं : दुई वर्षअघि २०७७ सालको जेठमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु हुँदा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आकांक्षीमध्येका एक थिए। त्यतिवेला बोर्ड अध्यक्षको रूपमा लेखक तथा निर्देशक दयाराम दाहाल चयन भए।यसपालि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले बोर्ड अध्यक्ष बन्नकै लागि उक्त कदम लिएको अनुमान गरिएको थियो। नभन्दै गत साउनमा उनी बोर्ड अध्यक्ष चयन भए।झण्डै चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी चलचित्र विकास बोर्डको अध

भुवन केसीको डेढ महिना : अनुत्पादक काममा समय खर्च, लय समात्‍न सकस

काठमाडौं । अबको लगभग दुई सातामा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेको दुई महिना पूरा हुनेछ । साउन ९ गते अध्यक्षमा नियुक्त भएयता चावहिलको धोबीखोलामा धेरै पानी बगिसकेको छ । दाबेदारको रस्साकस्सीबीच अध्यक्षमा मनोनित केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन […]