नेपाली सेनाका अधिकृतहरू सशस्त्र प्रहरीको प्रधान कार्यालयमा

नेपाली आर्मी वार कलेज नगरकोटमा सञ्चालित प्रशिक्षणका उच्च अधिकृतहरूले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना र आम नागरिकको सेवा, सुरक्षा तथा उद्धार कार्यमा कटिबद्ध भई कार्यक्षेत्रमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट