इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु

इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।