ईमर्जिङ नेपालको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन

ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो। कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन रहेको छ ।

सम्बन्धित सामग्री

बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।

चीनमा छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीबाट आवेदन माग

चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।

क्यानको महाप्रबन्धकका लागि आवेदन माग

काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। आवेदन दिन चाहनेले अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।

कोरिया रोजगारीका लागि आवेदन माग

रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फाग

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।...

उच्च अदालतमा न्यायाधीश : माग २७, आवेदन २७७

काठमाडौं : उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन माग गर्दा २७७ आकांक्षी देखिएएका छन्। न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूहमा आवेदन माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको छ।आवेदकमध्ये २५५ पुरुष र १९ महिला छन्। न्याय परिषद्क

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्यु

म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा […]

इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नयाँ आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयबाट यसअघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट चालु आवका लागि आवेदन माग गरेको हो