छिमेक लघुवित्त सहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  छिमेक लघुवित्त वित्तीय संस्था,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी तीन  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले छिमेक लघुवित्तको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ८६५ दशमलव ७१ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०९ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३७४ दशमलव ४३ कायम भएको छ ।  सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३८६ दशमलव ५४ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०२ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि  अर्थात पुस १७ गते  यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

सम्बन्धित सामग्री

छिमेक लघुवित्तको शेयर मूल्य समयोजन

काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल््य तय गरिदिएको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् । नेप्सेले  कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार २३ को आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८३८ दशमलव ५२ तोकेको छ । यही मूल्यका आधारमा कम्पनीको शेयर बिहीवार कारोबारमा आउनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले  चैत १० गते साधारण सभा बोलाएको छ । सभा मकवानपुरको हैटौंडा स्थित होटल सामना प्रालिको सभाहलमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको हो ।