स्थानीय तहको निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले गाडी खरिदका लागी गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले २०७९ वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागी ७ सय २३ वटा गाडी किन्न प्रस्ताव गरेको छ । बिहीबार प्रधान कार्यालयले गृह मन्त्रालयमा गाडी सहित आवश्यक बजेटको प्रस्ताव पठाएको छ ।चुनावका लागी पिकअप, प्रिजनर भ्यान, फर्चुनर टिप र ट्रक खरिद गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रहरी परिचालनका लागी गाडी खरिद सहित करिब १२ अर्ब बजेट चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ