कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट पुनः इङ्ग्लिस प्रिमियर लिग सुरु हुँदैछ । बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ । तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा