जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा चुरे क्षेत्रबाट ढुंगा र माटो उत्खनन

तिनाउ गाउँपालिकाको २०८० पुस ६ गतेको ३९ औं कार्यपालिका बैठकले विभिन्न १३ स्थानका खेतीयोग्य जमिनमा गह्रा सुधार गर्न स्थानीय जग्गाधनीलाई अनुमति दियो । यस्तो अनुमतिलगत्तै ती स्थानमा ढुंगा कारोवारीले डोजर र स्काभेटरहरू चलाउन थाले । यसैबाट प्रस्ट भयो, जग्गाधनी कृषकको स्वार्थमा भन्दा ढुंगाको कारोवारीको स्वार्थमा पालिकाले यस्तो निर्णय लिएका थिए ।