‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

काठमाडौं । बिहान ५-६ बजे, बालबालिका ब्युँझन्छन् । राम्ररी तंग्रिन पाएकै हुँदैनन्, विद्यालय जाने हतारो हुन्छ । हातमुख धोयो, खाजा-नास्ता खायो, पोशाक लगायो, गह्रौं झोला बोक्यो । दौडिहाल्यो । बिहान ७-८ बजे, घरकै अघिल्तिर वा चोकमा विद्यालयको बस-भ्यान आइसकेको हुन्छ । गाडीमा चढ्यो । कुदिहाल्यो । बिहान ९-१० बजे, विद्यालय प्राङ्गणमा हाजिर भइसकेको हुनुपर्छ । […]