गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ । आज बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै  चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक

सम्बन्धित सामग्री

चट्याङ लागेर एकजनाको मृत्यु

हेटौंडा : मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भ्लोन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत…

दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु

धनगढी : दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए।

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।  बिहीबार मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको...

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो । गएराति आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा...

चट्याङ लागेर एकजनाको मृत्यु

झापा : हल्दिबारी गाउँपालिका– २ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर राई टोल बस्ने सुफल हस्दाका छोरा २६ वर्षीय भेना हस्दाको मृत्यु भएको हो।प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार गएराति साढे १ बजे शौच गर्न कोठाबाट बाहिर निस्किएका वेला लागेको चट्याङले घटनास्थलमै उनको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ।

ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।

तनहुँमा चट्याङ लागेर एकजनाको मृत्यु

तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज शुक्रबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घर बाहिर काम गर्दै गर्दा...

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, दुइ घाइते

९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मी : मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।चट्याङले लागेर ६३ वर्षीय उजुरसिंह गाहा, ६२ वर्षीया तथीकला, ३८ वर्षीय तुलबहादुर, ४२ वर्षीया जुनी, १८ वर्षीया मेलिना, ८ वर्षीय जोनित,

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, ८ जना घाइते

२४ वैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद […]