वीर अस्पतालपछि कोशी अस्पतालमा पनि ३ सय ३० शय्या नि:शुल्क

वीर अस्पतालमा ७ सय शय्या विपन्न बिरामीका लागि नि:शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शय्या नि:शुल्क उपचार गर्ने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

सौताको रिसले स्थापना भएको वीर अस्पताल !

वीर अस्पतालको पहिलेको नाम ‘पृथ्वी वीर अस्पताल’ थियो । पहिला टहरा बनाएर वीर अस्पताल हालको राष्ट्रिय नाचघर भएको ठाउँमा स्थापना गरिएको थियो । अस्पतालका लागि ४८ रोपनी जग्गा एक मानन्धर थरका व्यक्तिले दान गरेका थिए । वीर अस्पताल भवनको डिजाइनर जोगवीर स्थापित थिए । शुरुको अवस्थामा सो अस्पतालमा बेलायती दूतावासमा रहेका डाक्टरहरुले ओपिडी चलाउथे भने […]

महानगरको डोजर दिउँसो १ बजे वीर अस्पताल जाने

अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ । दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ । बुधबार २४...

स्वास्थ्य मन्त्री खापुङको वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।मन्त्री खापुङलाई बान्ता हुने रिगांटा लाग्ने भएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको प्रेस सल्लाहकार केदार गौतमले बताए ।  स्वास्थ्यमा समस्या भएपछि दिउसो साढे २ बजे वीर अस्पतालमा उपचारका लागि लगिएका उनले बताए ।मन्त्री खापुङको अस्पतालको भीआइपी कक्षमा उपचार सुरु भएको छ । हिजो मात्रै मन्त्री खापुङ पूर्वी जिल्लाहरुको भ्रमणपछि काठमाडौं फर्किएका थ

दुवाकोटमा वीर अस्पताल निर्माण अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका छन् । बिहीबर अस्पताल परिसरमा आयोजित अस्पतालको १३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देउवाले स्वास्थ्यमन्त्री भवानी खापुङलाई दुवाकोटमा रहेको वीर अस्पताललाई बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न निर्देशन दिएका छन् । उनले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको […]

न्याय माग्दै अनसन बसेकी कुमारी आमा निहारिकालाई वीर अस्पताल लगियो

काठमाडौँ- चार दिनदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसिरहेकी कुमारी आमा निहारिका राजपूतलाई  गाह्रो भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। अहिले वीर अस्पतालमा उनको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ। उनलाई साथ दिँदै अनसनमा बसेकी अधिकारकर्मी जस्मिन ओझालाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पुर्‍याइएको छ। आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई […]

प्रधानमन्त्रीको निर्देशनपछि रोकिने भयो वीर अस्पतालमा डा लोहनीको सरुवा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका गुणराज लोहनीको सरुवा रोकिने भएको छ।

मन्त्री झाक्री बिरामी, वीर अस्पताल भर्ना

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले  जनाएको छ।उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा सञ्चालनमा

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा …