भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देहीको भैरहवामा आज  भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  सिद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको  घटनास्थलमै मृत्यु भएको हो ।बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडक

सम्बन्धित सामग्री

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैँ- काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- १३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका-४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको बिहीबार बिहान मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा […]

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेंशी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

झापा – ट्रकको ठक्करबाट झापामा एक एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश–१–१०–००१ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा […]

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

वीरगञ्ज– वीरगञ्ज पथलैया सडकखण्डमा शनिबार दिउँसो ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ना ६ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री बाराको कलैया उपमहानगरपालिका–१ शान्ति टोल बस्ने ५० वर्षीय अनिल सुवेदीको मृत्यु भएको हो। सडकखण्ड अन्तर्गत गण्डक चोकमा ट्रकको ठक्करबाट सुवेदी गम्भीर घाइते भएका थिए। घाइते उनको उपचारको लागि नारायणी बयोद्धा अस्पतालमा लगिएकोमा […]

गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौंको चन्द्रागिरिस्थित गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।