बलिउड अभिनेत्री कृति सेनन चाँडै नेटफ्लिक्स र जियो सिनेमामा रिलिज हुन लागेको ‘मिमी’ मा सरोगेट मदरका रुपमा देखिँदै छिन् ।
चलचित्रको टिजरपछि अहिले चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।
केही समयअघि कृति सेननले आफ्नो सामाजिक सञ्जालमा ट्रेलर शेयर गरेकी छन् । उनले चलचित्र ३० जुलाईमा नेटफ्लिक्समा रिलिज गरिने बताइन् ।
ट्रेलरमा कृति एक गरीब घरकी एक केटीको भूमिकामा देखिएकी छन् । एक चालकले राखेको विदेशी महिलाका लागि सरोगेट मदर बन्ने प्रस्तावमा उनी राजी हुन्छिन् ।
२० लाख रूपैया...