सिट बाँडफाँडमा दबाव बढाउँदै कांग्रेसको इतर समूह, आज छुट्टै भेला

काठमाडौं :  सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगिन नसकिरहेका बेला कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ। इतर पक्षका नेता शेखर कोइराला समूहले आज काठमाडौंमा छुट्टै भेला आयोजना गर्न लागेको हो। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा हुने कार्यक्रममा टिकट बाँडफाँटमा समूहगत हिसाबले भेदभाव हुन नदिन खबरदारी गर्ने कोइराला पक्षका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।  उनका अनुसार भेलामा शेखर समूहका केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापतिहरु, टिकटका आकांक्षीहरु उपस