ललितपुर। माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यस वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन्। ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमा विशेष रूपमा सेवन गरिने परम्परागत परिकार […]
सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ […]
एजेन्सी। अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकाेलस मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् । ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका हुन् । प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका छन् ।