जसपा बैठक : प्रदीप यादवबारे निर्णय भएन, कार्यदल गठन

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकले विभागहरूको पूर्णता दिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा अशोक राई, महेन्द्र राय यादव, नवराज मैनाली, राजेन्द्र श्रेष्ठ र रेणु यादव रहेका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले कार्यदललाई जतिसक्दो चाँडो आफ्नो प्रतिवेदन बुझाउन निर्देशन पनि दिएको छ ।त्यसैगरी, पार्टी सञ्चालन गरेको सङ्गठन सुदृढीकरण र जनजागरण अभियान (सुज अभियान) को बारेमा पनि बैठकले समीक्षा गरेको छ । चार महिनासम्म चल्ने भनिएको सो सुज अभियान भदौ ९ गते