रूपन्देही सुपरलिगः सैनामैना डिभिजन ‘ए’मा

बुटवल – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी’बाट ‘ए’मा प्रवेश गरेको छ। बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो। सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ […]

सम्बन्धित सामग्री

पूर्वअर्थमन्त्री पौडेलद्वारा मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त

बुटवल– पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । रूपन्देही- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् । उनले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गरे । […]

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रूपन्देही

भैरहवा– भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रूपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रूपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन् ।  रूपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल पनि उल्लेख्य रुपमा रहेका छन् […]

४ वर्षीया बालिका बलात्कार गर्ने ४९ वर्षीया पुरुष पक्राउ

रूपन्देही, ५ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४९ वर्षीया पुरुष पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने खेम प्रसाद भुसाललाई गएराति प्रहरीले पक्राउ गरेको हो । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले […]

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

रूपन्देही – रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा […]

नक्कली सुन बेच्ने पक्राउ

लुम्बिनी– रूपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरूसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगी गरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  रुपन्देहीको […]

पर्यटकको पखाईमा सैनामैना क्षेत्र

महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जम्मभूमि, कर्मभूमि र साधना क्षेत्रको रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्र अन्तर्गत सैनामैना पनि सुपरिचित छ । एशियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. ५६३ मा लुम्बिनीमा जन्म हुनु नेपालको लागि गौरवको विषय हो । विभिन्न कालखण्डमा विभिन्न शासकहरूबाट शासन भएता पनि हाल रूपन्देही जिल्लाका स्थानीय तहरूमध्ये सैनामैना नगरपालिका महत्त्वपूर्ण विशेषता र पुरातात्त्विकक सम्पदाका रूपमा रहेको छ । सैनामैना क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विकक धरोहरको रूपमा चिनिएको छ । सैनामैना नगरपालिका शान्तिका अग्रदूत तथा एशियाका तारा गौतम बुद्धको जन्मस्थलदेखि करिब १५ किलोमीटर उत्तर मनोरम चुरे पहाडको काखमा रहेको छ । पर्रोहा र दुधराक्ष गाविस एक आपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुनःसंरचनापश्चात् साविकको सालझन्डी गाविस गाभिन गई बृहत् सैनामैना नगरपालिका स्थापना भएको पाइन्छ । सैनामैना नगरपालिका १६२.१८ वर्ग किमि क्षेत्रफलमा फैलिएको भूगोललाई स्थानीय सेवा प्रवाहको पहँुचका दृष्टिले ११ वटा वडा कायम गरी प्रशासनिक संरचना स्थापना भएको पाइन्छ । वि.सं. २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार सैनामैना नगरपालिकामा महिलाको जनसंख्या ४१ हजार ९३० र पुरुषको जनसंख्या ३६ हजार ५४७ रहेको छ भने कुल जनसंख्या ७८ हजार ४७७ रहेको पाइन्छ । अर्धशहरी क्षेत्रको रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्त्वका क्षेत्रहरू रहेका छन् । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारू जातिको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित रूपमा विभिन्न जातजातिहरूको बसोबास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विकक महत्त्वका स्थलहरू रहेको यस नगरपालिकाको गहनाको रूपमा ऐतिहासिक पुरातात्त्विकक सैनामैना क्षेत्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठमन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि रहेका छन् ।  यस नगरपालिकाको अधिकांश क्षेत्र खेतीयोग्य अति उर्बर जमीनले ओगटेको भए पनि पछिल्ला वर्षहरूमा सहरीकरणको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । यहाँ भएका प्रमुख नदीहरूमा घमाहा खोला, सुकौली खोला, बौराहा खोला, तुलबुलिया खोला, इङ्गुरिया खोला, बनरहवा खोला रहेका छन् । धार्मिक स्थलहरूमा पर्रोहा परमेश्वर धाम, मलमला धाम, किराँतेश्वर महादेव मन्दिर, कोटिया थान, कर्साघाट तीर्थक्षेत्र, कोटियामाई मन्दिर, लखनपारा, भैरवनाथ मन्दिर, दुर्गामन्दिर मुर्गिया, रैनादेवी मन्दिर, कालमोचन मन्दिर, दुर्गामन्दिर रामापुर, बुद्धबिहार, बुद्ध सालिक, दुर्गाभवानी मन्दिर बनकट्टा आदि रहेका छन् । त्यसैगरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग शिवालय बोलबम धाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । भाषा, कला, संस्कृति र परम्पराहरूमा थारु होमस्टे उचडिहवा, गोरवाल कोटियार्मा थान, सत्चिन्तन सामुदायिक प्रतिष्ठान रामापुर, लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, पदमपाणि आश्रम तथा प्राकृतिक चिकित्सा पद्धति, डिउहार मुडाबाबा, सरोली कुटी आदि यहाँका चिनारी हुन् ।   यसरी यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदामा धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन सकेको छैन । यहाँ पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा हुँदै पनि यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । आन्तरिक पर्यटक पनि प्रशस्त मात्रामा आएको देखिँदैन । यसबाट प्रष्ट हुन्छ, उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण सैनामैना क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न र त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न अनि पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको छैन । त्यसैले, सैनामैना क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ । सैनामैना नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

अपहृत स्कुले बालबालिकाको उद्धार

बुटवल : रूपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट उद्धार गरी अभिभावकलाई बुझाएको छ। गत ५ गते स्कुलबसबाटै फकाएर अपहरण गरी लगिएका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाललाई झापाबाट अपहरण मुक्त गराएर आज अभिभावकलाई जिम्मा लगाएको झापा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार गत ५ गते गते बिहान ९:३० बजे रूपन्देही, सैनामैना-६ दुधराक्षस्थित घरबाट सैनामैना-४ बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलको बस चढेर दाजुबहिनी स्कुल गएका थिए।साँझ स्कुल बसमा नआएपछि बालबालिकाका बुवा

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रूपन्देहीको सैनामैना नगरपालिकाका एक पुरूषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।  सैनामैना–८ का सन्तबहादुर घर्तीले ३६ वर्षीया खुमालाई शुक्रवार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।  रूपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले खुकुरी प्रहार गरी खुमाको हत्या गरेको खुलेको जानकारी दिए ।  प्रहरीका अनुसार शुक्रवार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएका बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते ...

बिजुली गाडी उत्पादन गर्न 'एसेम्बल प्लान्ट' बनाउँदै सुन्दर यातायात

उनका अनुसार यो प्लान्ट रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा स्थापना हुनेछ। त्यसका लागि नगरपालिकाले दस बिघा जग्गा उपलब्ध गराएको गराइसकेको छ।

सैनामैनामा ‘संगठन र संघर्ष’ का कार्यक्रम निश्चित

बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रूपन्देही अन्तर्गत सैनामैना नगर समितिले संगठन र संघर्षका कार्यक्रम तय गरेको छ । नगरको संयुक्त बैठक आइतबार अध्यक्ष लालबहादुर क्षेत्रीको अध्यक्षता र सचिव नरबहादुर थापाको संचालनमा बसेको थियो । बैठकमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसी, राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम र शिक्षक केन्द्रीय उपाध्यक्ष कमला बन्जाडेको विशेष उपस्थिति थियो । संयुक्त बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला, समिति र विरोधको कार्यक्रम निश्चित गरेको छ। जनभेटघाट, सदस्यता वितरण, प्रशिक्षण, समिति निर्माण र बिरोध सभाको तैयारीको लागि निम्न अनुसार अभियान टोली निर्माण गरेको छ। पालिकाअन्तर्गत वार्ड १ र २ को माघ १५,१६ र १७ गते टोल गठन र वार्ड स्तरीय प्रशिक्षण जस्को तैयारी को जिम्मा ईन्चार्ज हरि राहडी, गंगा पुन, तुल्सी खनाल र ऋषि पराजुलीलाई दिइएको छ । वार्ड ३ र ४ माघ १८ र १९ गते जिम्मा नरबहादुर थापा, लाल बहादुर क्षेत्री, दल बहादुर मल्ल र लक्ष्मी कुँवरलाई दिइएको छ । यसैगरी वार्ड नं ५ र ६ माघ २१, २२ र २३ गते प्रेमलाल पुरी, धनन्जय पोख्रेल, हरि पोख्रेल र जयश्वर रेग्मी तथा वार्ड ७को वार्ड भेला माघ २४ गते जिम्मा राम बस्याल, वार्ड ८ को २६ गते कृष्ण बम मल्ल, लालबहादुर क्षेत्री र कल्पना मल्ललाई दिइएको छ । यस्तै, वार्ड १० र ११ को वार्ड भेलाको लागि जिम्मा कृष्ण पोख्रेल, विष्णुप्रसाद पौडेल, भिम राहाडी र हरिलाल बस्याललाई जिम्मेवारी लगाईएको छ। वार्ड स्तरमा कलाकार सहित विरोध कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ। फाल्गुन १ गते ट्राफिक चोकबाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरीय मोटरसाइकल रैलीमा ब्यापक सहभागी गराउने बैठकले निर्णय गरेको छ ।