अध्यादेश र मन्त्रीबारे छलफल गर्न बालुवाटारमा बैठक

मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ ।आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस