काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निष्क्रिय रहेका सामुदायिक सिकाइ केन्द्रहरूको व्यवस्थापन समिति विघटन गरी अर्को व्यवस्थापन समिति गठन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।स्रोत विकास केन्द्रले मंगलबार सूचना जारी गर्दै नयाँ समिति गठन गरी सक्रिय रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।विकास केन्द्रले उत्कृष्ट कार्यसम्पादन भएका सामुदायिक सिकाइ केन्द्रहरूलाई नमुना सामुदायिक सिकाइ केन्द्रको रूपमा विकास गर्ने र त्यसको जानकारी