टोट्टनहाम र युनाइटेड विजयी

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोट्टनहाम र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा टोट्टनहामले नर्विच सिटीलाई ३–० गोलले हरायो । युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोलले स्तब्ध बनायो ।