रुसबाट आइपुग्यो एस–४०० : चीनको मिसाइल रोक्न सक्षम होला भारतको 'ब्रह्मास्त्र' ?

चीन र पाकिस्तान दुवै मोर्चामा युद्ध गर्नुपर्ने सम्भावना रहेकाले भारतले संसारका विभिन्न देशबाट हातहतियार किनिरहेको छ । त्यसैक्रममा रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रणाली भारत आइपुगेको छ ।  भारतले एस–४०० यो रक्षा प्रणालीको पाँच इकाइ किन्नका लागि रुससँग सन् २०१८ को अक्टोबर महिनामा पाँच अर्ब डलरभन्दा बढीको सम्झौता गरेको थियो ।  जमीनबाट आकाशमा मार हान्ने यस प्रणालीका पाटपुर्जा कुल पाँच इकाइ (ब्याट्री) मा आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसको पहिलो इकाइको आपूर्ति शुरू गरेको जानकारी रुसको फेडरल सर्भिस फर ...