काठमाडौं : निजी लगानीमा सञ्चालित विद्यालयहरूले आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ। विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको प्रतिवेदनमा पारदर्शिताका लागि यो प्रवन्ध गर्नुपर्ने उल्लेख छ। स्थानीय तहले विद्यालयको अनिवार्य लेखा परीक्षण, आर्थिक कारोबारमा बैंकिङ प्रणालीको प्रयोग गर्न लगाउनु पर्नेछ। त्यस्तै, स्थानीय तहले तोकेको शुल्कको कार्यान्वयन अवस्था, शिक्षक तथा कर्मचारीलाई कम्त