माओवादी केन्द्रको प्रदेश २ अधिवेशनमा एक हजार प्रतिनिधि रहने

नेकपा (माओवादी केन्द्र) को प्रदेश २ अधिवेशनको उद्घाटन शनिबार जनकपुरधाममा हुने तय भएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले अधिवेशनको तयारी पूरा भएको जनाए । अधिवेशनमा  प्रदेश २ का एक सय ३६ पालिकाबाट ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि सहभागी उनले जनाए ।उनले यही पुस ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको अधिवेशन सम्पन्न गरिने संयोजक बुढाथोकीले बताए ।  प्रदेश २ मा