नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावलीविपरित भएकाले तत्काल निर्णय फिर्ता नलिए मंसिर १५ देखि आन्दोलन थाल्ने चेतावनी दिएको हो।विसं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा बढाउनु पर्नेमा नियमविपरीत

सम्बन्धित सामग्री

भाडा वृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिए औद्योगिक क्षेत्रका उद्योगी

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अस्वाभाविक भाडा वृद्धि गरेको भन्दै देशभरका औद्योगिक क्षेत्रमा अवस्थित उद्योगी आन्दोलनमा उत्रिएका छन् । लिमिटेडले एकैपटक ८०० प्रतिशतसम्म भाडा बढाएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलित बनेको हो ।महासंघले विगत ९ दिनदेखि बालाजु औद्योगिक क्षेत्रमा निरन्तर आन्दोलन गर्दै आइरहेको छ । लिमिटेडले एकै पटक अस्वभाविकरूपमा ८०० प्रतिशतसम्म भाडा बढाएको महासंघको आरोप छ । महासंघका अध्यक्ष रामहिरा पाठकले काठमाडौं, भक्तपुर, ललितपुर र पोखरामा अवस्थित औद्योगिक क्ष