आउँदो मङ्गलबारपछि मात्र मौसममा सुधार आउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन बदली रहने हुँदा देशका अधिकांश भूभागमा घाम नलाग्ने, कतै कतै पानी पर्ने र हिमपात हुनेछ ।
शनिबार बिहानदेखि नेपाल प्रवेश गरेको नयाँ पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार नेपालको पश्चिमी भेग बढी प्रभावित रह्यो ।
अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम भएको थियो तर अपराह्नदेखि मध्य तथा पूर्वी नेपालका धेरै जस्तो भेगमा बदली बाक्लो बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबारपछि मात्र मौसम खुल्ने देखिएको मौ...