स्वास्थ्य बीमा आफैँ बिरामी

स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।  स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बीमा बोर्डले नियमित उपचार खर्च नदिँदा यही असार १५ गतेबाट स्वास्थ्