हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीज पर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिन अघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् ।केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र साम