६५० एमजीको सिटामोल उत्पादन गर्न ३ कम्पनीले पाए अनुमति, प्रतिट्याब्लेट ३ रुपैयाँ मूल्य तोक्ने तयारी

२ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागले ६५० एमजीको सिटामोल उत्पादन गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । औषधि सल्लाहकार समितिको सिफारिसमा नेशनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स आर्या फर्मा ल्याबलाई ६५० एमजीको सिटामोल उत्पादन गर्न अनुमति दिइएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । ‘सिटामोल उत्पादन अनुमति दिएको १० दिनभन्दा बढी भइसकेको […]