भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला हुने भएको छ। एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। प्युठानमा चट्याङग लागेर २ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। पहिरोका कारण बेनीमालढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

सम्बन्धित सामग्री

रत्ननगरमा रोजगार मेला, स्थानीय स्तरमै स्वरोजगार बनाउने लक्ष्य

चितवन । चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला शुरू भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि शुरू भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।  मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताए । उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको बताए ।  सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उनले भने, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।”  कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताए । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा सावित हुने बताए । उनले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गरेकाछन् ।  कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताए । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन् । रासस

चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला हुँदै

चितवन । चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म मेला आयोजना हुने भएको हो । ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को नाम दिएको मेला रत्ननगरको होटल स्टार ब्याङ्क्वेटमा गरिने भएको हो । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियो । आलोपालो रूपमा रोजगार मेला गर्नेगरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यसअघि नै भद्र सहमति भएअनुरूप रत्ननगरले मेला गर्ने भएको हो । आइतवार बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो । जागीर खोज्ने र जागीर दिनेका बीचमा भेटघाट गराउने उद्देश्यले रोजगार मेला आयोजना गरिएकोे नगरप्रमुख प्रह्लाद सापकोटाले बताए । मेलामा स्टल तथा प्रवेश नि:शुल्क गरिने भएको छ । रोजगारीको खोजीमा रहेका युवा र कामदारको अभाव झेलिरहेका व्यवसायीलाई एकै ठाउँमा भेटाउने उद्देश्य अनुरूप मेलाको आयोजना गरिएको नगर प्रमुख सापकोटाको भनाइ छ । भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअनुसार रोजगार मेला सञ्चालन गर्न लागिएको बताएको छ । मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाभित्रका सम्पूर्ण संघसंस्थाले सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएका थिए ।

रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराउन मेला गर्दै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेला आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरूप सो नगरपालिकाले यस वर्ष मेलाको आयोजना गर्न लागेको हो । महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहभागी बैठकले यस वर्ष रोजगार मेला रत्ननगरमा गर्ने निर्णय गरेको हो । बैठकमा रत्ननगरका नगरप्रमुख प्रह्लाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगरका नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगरका विज्ञ सल्लाहकार रामहरि न्यौपानेलगायतको उपस्थिति थियो । रत्ननगरका नगर प्रमुख सापकोटाले जागिर खोज्ने र जागिर दिनेहरूका बीचमा भेटघाट गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । महानगरपालिका र नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा कक्ष र प्रवेश निःशुल्क गरिनेछ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । बागमती प्रदेशका १० पालिकामध्ये उक्त महानगरपालिका र नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । अघिल्लो वर्ष भरतपुरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले भने, ‘कार्यक्रम प्रभावकारी बनाएर रोजगारी दिलाउने कुरामा यो मेला फलदायी हुनेछ ।’ -रासस

चितवनका व्यवसायीद्वारा ३ हजार ६ सय ७८ जना कामदारको माग

भरतपुर महानगरपालिका र रत्ननगरपालिकाको आयोजनामा रोजगार मेला भएको थियो। बुधबार र बिहीबार गरि दुई दिनसम्म सञ्चालन भएको मेलामा ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।...

चितवनमा रोजगार मेला आजदेखि

चितवन- जिल्लामा आज रोजगार मेला सुरु हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक […]

चितवनमा आजदेखि रोजगार मेला

जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो ।भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोज

भरतपुर महानगरमा भोलिदेखि रोजगार मेला

चितवन – जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने दुई दिने मेला अवधिभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्य गरिनेछ । ६० वटा स्टल रहने मेलामा चितवनका सात वटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब […]

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

जिल्ला भित्रै रोजगारीका अवसर  सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई  दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र  रोजगारी  गर्न  इच्छुकको  तथ्याङ्क  सङ्कलन  गर्नेलगायतका कार्यहरु गरिनेछ ।६० वटा स्टल रहने उक्त मेलामा चितवनका  सातवटा  स्थानीय  तहका रोजगार प्रतिनिधिहरू,  जब  लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मे

भरतपुरमा आजदेखि रोजगार मेला

२१ असार, चितवन । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले चितवनको भरतपुरमा रोजगार मेला आजदेखि सुरु हुँदैछ । भरतपुरको औद्योगिक प्रर्दशनी केन्द्रमा दुई दिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला भनिएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको […]