निजी क्षेत्रको मनोबल बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

निजी क्षेत्रको मनोबल बढाउन बैंकले ब्याजदर घटाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्। बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए। […]

व्यवसायीको मनोबल बढाउन आग्रह

काठमाडौं– उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीचको भेटवार्तामा व्ययवसायीले मनोबल बढाउने वातावरण ल्याउन आग्रह गरेका छन् । सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा […]

उद्योग व्यवसाय प्रवर्द्धनको ठोस नीति ल्याउन निजीक्षेत्रको आग्रह

काठमाडौं । निजीक्षेत्रका दुई ठूला छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई उद्योग व्यवसाय प्रवर्द्धनका लागि ठोस नीति ल्याउन आग्रह गरेका छन् । सोमवार मन्त्री रिजालसँग छुट्टाछुट्टै भएको भेटवार्तामा महासंघ र परिसंघका प्रतिनिधिमण्डलले उद्योगमन्त्री रिजालसँग यस्तो आग्रह गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा परेको बताए । अहिले बजारमा तरलता प्रवाह बढाउनुपर्ने र अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनुपर्ने अध्यक्ष गोल्छाले सुझाए । बजारमा माग नहुँदा उद्योग व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेको उनको भनाइ थियो । यो अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।  अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरूसँग सम्मेलन गर्न पनि सुझाए । बजारमा उधारोको समस्या विकराल बन्दै गएको भन्दै उनले उधारो उठाउने सम्बन्धी कानून यथाशीघ्र ल्याउनुपर्ने बताए । यसैगरी उनले स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजालसमक्ष आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजीक्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुझाव राखे । यसैबीच, सोमवार नै नेपाल उद्योग परिसंघले समेत मन्त्री रिजाललाई भेटेर उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ । भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभावलगायत कारण उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । मागमा आएको संकुचनले लगानीका योजना ठप्प भएको उनको भनाइ थियो । कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दै गएको भन्दै उनले यसलाई बढाउने वातावरणको खाँचो औंल्याए । औद्योगिकीकरणले मात्र दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सृजना गर्न सकिने भएकाले औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अध्यक्ष अग्रवालले अनुरोध गरे । यस्तै परिसंघले औद्योगिकीकरण बढाउन सरकारसँगको सहकार्यमा अघि बढाइरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका बारेमा उनले जानकारी गराए ।  परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ । दुवै संस्थाका प्रतिनिधिमण्डलसँगको भेटमा उद्योगमन्त्री रिजालले निजीक्षेत्रका तर्फबाट आएका सुुझाव कार्यान्वयनका लागि मन्त्रालयले सहकार्य गर्ने बताए । व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग÷सहकार्य गर्ने विश्वाससमेत उनले दिलाए ।

विद्युत् आपूर्ति अवरोधले उद्योग व्यवसाय बन्द

काठमाडौं (अस) । गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातीत विद्युत् आपूर्ति अप्रत्यासित बन्द भएको जनाई प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति ठप्प पारिदिँदा उद्योग, कलकारखाना बन्द गर्नुपरेको उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विज्ञप्तिमार्फत बताएका छन् । लामो समयदेखि तरलता अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग, व्यवसाय क्षेत्र पूर्वसूचनाबिनै अचानक विद्युत् अवरुद्ध हुँदा थप प्रताडित भएको ती संस्थाको भनाइ छ । पछिल्लो समय प्रायः दैनिकजसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट नेपालमा प्रशस्त विद्युत् उत्पादन भइरहेको र उद्योग, व्यवसायको मागबमोजिम विद्युत् आपूर्ति हुने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेकाले निजी क्षेत्रले औद्योगिक गतिविधि एवं लगानी बढाउँदै लगेको उनीहरूको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजोसम्म मागेजति विद्युत् दिन्छौं, हामी विद्युत् निर्यात गर्ने अवस्था पुग्यौं भन्ने तर भारतबाट एक दिन विद्युत् आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार भई तत्काल ऊर्जा संकट समाधान गर्दै यसमा आत्मनिर्भर हुने गरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकारलाई अपिल गर्दछौं ।’ भारतमै ऊर्जा संकट भई अप्रत्यासित मूल्यवृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर विद्युत् प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता बिहीबार पत्रकार सम्मेलनमार्फत व्यक्त भएपछि यसले निजी क्षेत्रको मनोबल उचो बनाएको ती संस्थाले बताएका छन् । वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी वहन गर्दै विद्युत् आपूर्ति अवरुद्ध भई उद्योग, व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले बेहोर्नुपर्ने क्षतिलाई दृष्टिगत गरी हाल देखिएको ऊर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगमा निरन्तर विद्युत् आपूर्ति व्यवस्थाका लागि उनीहरूले आग्रह गरेका छन् ।

स्टार्टअप नीति पारित गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो ।