पानीमुनि विस्फोट गराउने परीक्षणमा चीन सफल, अमेरिकाका युद्धपोत खतरामा

चीनले पहिलोपटक पानीमुनि बम विस्फोट गराएर बन्दरगाह ध्वस्त पार्ने परीक्षणमा सफलता पाएको छ ।  युद्धको स्थितिमा अमेरिकाविरुद्ध यसरी विस्फोट गराउने चीनको सरकारी सञ्चारमाध्यमले लेखेको छ ।  चिनियाँ सेनाले उक्त परीक्षण शनिवार गरेको हो । चीनको अज्ञात स्थानमा पानीमुनि नक्कली घाट बनाएर त्यसलाई विस्फोट गराइएको हो ।  युद्धको स्थितिमा शत्रुको आपूर्ति मार्गलाई अवरुद्ध गर्ने प्रविधि विकसित गरिएको ग्लोबल टाइम्स पत्रिकाले लेख्यो । पानीमुनि गोप्य तरिकाले आक्रमण गर्दा अमेरिकाका विमानवाहक युद्धपोत जस्ता विशाल जहाजहरू जोखिममा...