प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच राति भेट भएको हो ? सर्वाेच्च अदालतबाट विज्ञप्ति जारी

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच राति बालुवाटारमा भेटवार्ता भएको भनेर अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सर्वाेच्च अदालतले प्रेस विज्ञप्ति जारी गरेको छ । अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् । विज्ञप्तिमा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भन्ने समाचार निराधार : सर्वाेच्च अदालत

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।